
Please watch: "दुइ गुप्ताङ भएकी संसारकै अनौठी महिला " https://www.youtube.com/watch?v=1u6JE... -~-~~-~~~-~~-~- ५ नम्वर प्रदेशबाट पाहडी जिल्ला टुक्राईने भनिएको विरोधमा आन्दोलनरत यस प्रदेश अन्तरगतका सवै जिल्लाहरुमा पौष २७ गते विशाल विरोध प्रदर्शन हुने भएको छ । आज संयुक्त जनआन्दोलन परिचालन समिति गुल्मीले सदरमुकाममा पत्रकार भेटघाट गरी उक्त कुराको जानकारी गराएको हो । केन्द्रबाट आएको आन्दोलनको तालिका पढेर सुनाउँदै समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले यस्तो जानकारी गराएका थिए । उनका अनुसार २७ गते सम्म गुल्मीमा बन्द हड्ताल केहि हुने छैन् । भोली पौष १२ गते साँझ सढे ६ वजे देखि ७ वजे सम्म यहाँका युवा र विद्यार्थीहरुले जिल्लालाई पुरै अँध्यारो पार्ने छन् । भोली साँझ आधा घण्टा सरकारको विरोधमा अँध्यरो जिल्ला बनाईने , १२ देखि १८ गते सम्म पुरै जिल्लावासीको हस्ताक्षर संकलन गर्ने र यस अघि गरिएको नमुना जनमत संग्रहको मत परिणाम समेत प्रशासन मार्फत सरकारलाई पठाईने कार्यक्रम गरिने भएको छ । २१ गते देखि २६ गते सम्म गाउँको तल्लो स्तर सम्म पुगेर २७ गते जिल्लामा हुने विशाल विरोध सभाको तयारीमा परिचालन समिति जुट्ने जानकारी श्रेष्ठले दिएका छन् । उक्त विशाल विरोध सभामा केन्द्रिय नेताहरुले सम्वोधन गर्ने बताईएको छ । त्यस पछि पनि सरकारले सुनुवाई नगरे अहिले सम्मका भन्दा पनि अझ कठोर कार्यक्रम गर्न बाध्य भईने चेतवानी यहाँको आन्दोलनरत पक्षले दिएको छ ।
५ नम्वर प्रदेशबाट पाहडी जिल्ला टुक्राईने भनिएको विरोधमा पौष २७ गते विशाल विरोध प्रदर्शन हुने - YouTube |
| 6 Likes | 6 Dislikes |
| 661 views views | followers |
| Entertainment | Upload TimePublished on 27 Dec 2016 |
Không có nhận xét nào:
Đăng nhận xét